२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गौर हत्याकाण्डः दोषीलाई कारबाही गर्न सीडीओलाई ज्ञापनपत्र


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 7.7K
    SHARES

  • images
    गौर हत्याकाण्डः दोषीलाई कारबाही गर्न सीडीओलाई ज्ञापनपत्र


    काठमाडौं, १ साउन। गौर हत्याकाण्ड पीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन रौतहट बन्दसहितको आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

    घटनापछि जाहेरी दर्ता गरेको १७ वर्षसम्म दोषीउपर कानुनी कारबाही नभएको भन्दै समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रमबारे पनि जानकारी दिएको छ ।

    ७ चैत २०६३ मा रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकप माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले कार्यक्रम गर्न लाग्दा भएको घटनामा २८ जनाको मृत्यु भएको थियो । सो घटनापछि २८ चैत २०६४ मा रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको सोमबार १७ वर्ष वितिसक्दा पनि कारबाही प्रक्रिया नथालेको भन्दै समितिले आन्दोलित भएको हो ।

    सोमबार समितिले प्रदर्शनसमेत गरेको छ । ‘अमानवीय र विभत्य हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षों वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारवाही नगर्नाले हामी पीडितहरुको आँखा अगाडि नै अपराधिहरु खुलेआम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएको छ ।

    घटना घटेको अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजीम अविलम्ब कारबाही गरी हामी पीडितहरुलाई अपराध पीडितको हक प्रचलन गराई न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौं,’ समिति संयोजक रुपसागर देवीले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । कारबाही नगरेमा आन्दोलनमा उत्रिने घोषणा गर्दै संघर्षका कार्यक्रमबारे पनि प्रजिअलाई जानकारी गराएका छन् ।

    जसअनुसार साउन२–१२ गतेसम्म पलिकाहरूमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया गर्ने, साउन १३ गते शहीद परिवार एवं पीड़तिहरूद्वारा धर्ना दिने, साउन १४ गते मोटरसाइकल ¥याली गर्ने र साउन १५ देखि अनिश्चितकालीन रौतहट बन्द गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend