२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मंगलबार नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ४२ करोड


सञ्चार डबली
  • मंगलबार, पुस ८ २०८२
  • 3.1K
    SHARES

  • images
    मंगलबार नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ४२ करोड

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३.२७ अंकले बढेर २,५८४ को विन्दुमा कायम भएको छ । 

    आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४२ करोडको शेयर कारोबार भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ। यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

    आज सबैभन्दा धेरै एसवाई प्यानल कम्पनीको ३० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    tg.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend