२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रिय सरोकार समितिको बैठकः योजना आयोग र गृह मन्त्रालयको विवरणमाथि छलफल


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 11.8K
    SHARES

  • images
    राष्ट्रिय सरोकार समितिको बैठकः योजना आयोग र गृह मन्त्रालयको विवरणमाथि छलफल


    काठमाडौं, १ साउन । राष्ट्रिय सभा अन्र्तगत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोमबार राष्ट्रिय योजना आयोग र गृह मन्त्रालयबाट प्राप्त विवरणमाथि र समितिको आर्थिक वर्ष २०८० ÷ ८१ को कार्ययोजनामाथि छलफल भएको छ ।

    आजको बैठकमा उपलब्धि सार्वजनिक गर्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल थापाले गृह मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग आगामी बैठकमा छलफल गर्ने निष्कर्ष निकालिएको बताइन् । उनले आर्थिक वर्ष २०८० ÷ ८१ को कार्य योजनाको सन्दर्भमा सबै सदस्यहरुले व्यक्तिगत रुपमा अवधारणा तयार गरेर आगामी बैठकमा त्यसलाई परिमार्जित गर्ने गरी तयारी गरेको बताईन् ।

    उनले भनिन्, आज हामीले प्राप्त विवरणमा अध्ययन गरेका छौ र त्यसमा थप अध्यनको लागि हामी गृह मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग आगामी बैठकमा छलफल गने छौ । त्यस्तै आर्थिक वर्ष २०८० ÷ ८१ को कार्य योजनाको सन्दर्भमा सबै सदस्यहरुले व्यक्तिगत रुपमा अवधारणा तयार गर्ने र त्यसमा हामी आगामी बैठकमा त्यसलाई परिमार्जित गरेर तयार गर्ने छौ । ’

    यस्तै, उनले समितिले सम्पन्न गरेको वार्षिक प्रतिवेदनको सन्दर्भमा सचिवालयले अध्ययन गरेर प्रारम्भीक मस्यौदा प्रतिवेदन आगामी बैठकमा पेश गर्ने र त्यसलाई सबै सदस्यहरुले आफ्नो सुझावसहित अगाडि बढाउने निर्णय भएको पनि बताईन् ।

    आर्थिक वर्ष २०८०, ८१ का कार्ययोजना विगतको समीक्षा, कार्यक्षेत्र र समसामयिक राष्ट्रिय सरोकारको विषयलाई समेटेर बनाउने पनि सभापति रावल थापाको भनाइ छ ।त्यस्तै, उनले प्राप्त विवरणमाथिको छलफलमा उठेका थुप्रै समस्याहरु मन्त्रालयसँगै छलफल गर्नुपर्ने र कतिपय पुरानो ऐनहरुलाई संशोधन गरेर नयाँ ऐन ल्याउन आवश्यक भएको बताईन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend