काठमाडौं । सिद्धार्थ बैंकले नेपाल सोसल बिजनेस (एनएसबी)सँग सहकार्य गरेको छ । बैंकले नेपालमा उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने जनाएको छ ।
सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकामा सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले खुसी व्यक्त गरे ।
नेपाल सोसल बिजनेसका तर्फबाट निर्वाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोसल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमलाई सहयोग गरी समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्याउँदै आएको चौधरीले बताए ।
यस्ता प्रभावमूलक उद्यमको सशक्तीकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।


