२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

काठमाडौंको भृकुटीमण्डपमा इलेक्ट्रिक भेइकलसम्बन्धी एक्स्पो हुँने


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 8.6K
    SHARES

  • images
    काठमाडौंको भृकुटीमण्डपमा इलेक्ट्रिक भेइकलसम्बन्धी एक्स्पो हुँने

     

    काठमाडौं, १ साउन । काठमाडौंको भृकुटीमण्डपमा यही भदौ १५, १६ र १७ गते नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल र मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्सको सयुक्त आयोजनामा उक्त ईभी एक्स्पो सुरु हुन लागेको हो । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन् ।

    विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उदेश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १ सयभन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १ सय ५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने छ । एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको उल्लेखनिय सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।

    विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँने काम गर्छ ।

    हालका दिनहरुमा प्रायजसो ग्राहकहरुको रोजाइ विधुतिय सवारी नै हुने गरेको र आर्थिक मन्दीको अवस्थामा पनि विद्युतीय सवारीहरु राम्रोसँग बिक्री भै रहेको इभ्मिनका अध्यक्ष तथा यस एक्स्पोका सम्योजक श्याम सुन्दर सापकोटाले बताएका छन् । यस्तै सापकोटालेइभ्मिनकाविद्युतीय सवारी साधन सम्बन्धी काम गर्ने आयतकर्ता, निर्माणकर्ता, व्यवसायी, डिलर, चार्जिङ स्टेसन सञ्चालक सबैको साझा संस्था रहेको भन्दै विगत ११ वर्षदेखी विधुतिय सवारीको प्रवर्धन, विस्तार तथा निती निर्माणको काममा सहयोग गर्दै आएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend