२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम आईपीओ बिक्री खुला


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 10.6K
    SHARES

  • images
    सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम आईपीओ बिक्री खुला


    काठमाडौ, १ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्दै छ ।

    त्यस मध्येबाट १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १ सयअंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

    रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा नेपाल एसबीआई मर्चोन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend