२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मिटरब्याज विधेयक प्रतिनिधिसभाबाट पारित, राष्ट्रपतिद्वारा प्रमाणिकरणपछि कार्यान्वयनमा आउने


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 8.4K
    SHARES

  • images
    मिटरब्याज विधेयक प्रतिनिधिसभाबाट पारित, राष्ट्रपतिद्वारा प्रमाणिकरणपछि कार्यान्वयनमा आउने


    काठमाडौं, १ साउन । प्रतिनिधिसभाले मिटरब्याज सम्बन्धित विधेयक सर्वसम्मतले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राति सर्वसम्मतिले पारित गरेको हो ।

    प्रतिनिधिसभाले विधेयक सर्वसहमतिबाट पारित भएपछि सन्देशसहित राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभामा विधेयक प्रतिनिधिसभाबाट पारित भएको सन्देश सुनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै विधेयकले कानूनको स्वरुप धारणा गर्दै कार्यान्वयनमा आउने छ । जसले अनुचित लेनदेनसँग सम्बन्धि कार्यलाई कसुर कायम गरेको छ ।

    मिटरब्याजपीडितको पक्षमा ल्याइएको यो विधेयकमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढीको लिखत तयार गर्ने, ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेको रकमको भर्पाई नदिने वा लिखत नबनाउने कार्यलाई कसुर ठहर गरेको छ । साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने, शोषण गर्ने, ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्ता काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुलउपर गर्न ऋणीलाई हैरानी पु¥याएमा पनि कसुर गरेको ठहरिने व्यवस्था यसमा गरिएको छ ।

    मिटरब्याज पीडतसँगको सहमतिअनुसार सरकारले वैशाख २० मा अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापनका लागि असार ५ मा विधेयक दर्ता गरिएको थियो । राष्ट्रिय सभाबाट असार १० मा उक्त विधेयक पारित भएको थियो । असार १७ मा मात्रै उक्त विधेयक प्रतिनिधिसभामा पेस भएको विधेयक असार २० गते पारित गर्ने तयारी थियो ।तर, एमालेले संसद अवरुद्ध गरेपछि अध्यादेशद्वारा गरिएको कानुनी व्यवस्था शून्यतामा गएको थियो । विधेयक पारित भएपछि सन्देशसहित राष्ट्रिय सभामा पठाइनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend