काठमाडौँ । कुमारी बैंकले उद्यमशिलता सुदृढीकरणका लागिर वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको हो । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध बैंकले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको हो ।
उक्त सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्त रूपमा लक्षित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।
दिगो बैंकिङ्ग, वित्तिय समावेशीकरण अनि स्थानीय उद्यम सुदृढिकरण तथा प्रवद्र्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रष्ट पार्दै दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेल भन्छन् “यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तिय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ ।”
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा ३१७ एटिएममार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ


