२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बंगलादेशको बूढीगंगा नदीमा वाटर बस पल्टिँयो, चारको मृत्यु, कयौं बेपत्ता


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 9.0K
    SHARES

  • images
    बंगलादेशको बूढीगंगा नदीमा वाटर बस पल्टिँयो, चारको मृत्यु, कयौं बेपत्ता


    काठमाडौ, १ साउन ।बंगलादेशको ढाका नजिक बूढीगंगा नदीमा रहेको केरानीगञ्जको तेलघाट क्षेत्र नजिक पानी बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

    प्राप्त जानकारीका अनुसार आइतबार राति करिब ८ः१५ बजे ढाकाको सदरघाटबाट तेलघाटतर्फ जाँदै गरेको वाटरबस बालुवाको ढिस्कोमा ठोक्किए पछि उक्त घटना भएको हो । दमकलको तीन वटा युनिट र कोस्ट गार्डको उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

    उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । ढाका ट्रिब्यूनले फायर सर्भिसका अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनाको समयमा जहाजमा रहेका आठ जनालाई उद्धार गरिएको छ। तर, जहाजमा सवार धेरै यात्रु अझै बेपत्ता छन् ।

    उद्धार गरिएका आठ जनामा ​​चार पुरुष, तीन महिला र एक बालबालिका रहेका छन् । सर सलिमुल्लाह मेडिकल कलेज अस्पतालका निर्देशक ब्रिगेडियर जनरल रसिद अन नाबीले मृतकको शव सार्ने प्रक्रिया जारी रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend