२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कामना सेवा विकास बैकले स्वास्थ्य केन्द्रहरुमा गर्यो सहयोग


सञ्चार डबली
  • बुधबार, पुस २ २०८२
  • 3.7K
    SHARES

  • images
    कामना सेवा विकास बैकले स्वास्थ्य केन्द्रहरुमा गर्यो सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य केन्द्रहरुमा सयोग गरेको छ ।

    बैंकले झापा स्थित दमक नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका–५ स्थित सामुदायिक स्वास्थ्य केन्द्रसिम्लेलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर सहयोग गरेको हो ।

    बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक–५ का वडा अध्यक्ष इन्द« गुरुङलाई तथा कमल–५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

    बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंलाई धन्यवाद दिए ।

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend