२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआरएनए बेल्जिमयको अध्यक्षमा सापकोटा विजयी, महासचिवमा रुविना शर्मा


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 8.6K
    SHARES

  • images
    एनआरएनए बेल्जिमयको अध्यक्षमा सापकोटा विजयी, महासचिवमा रुविना शर्मा


    काठमाडौ, १ साउन । गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । सापकोटाले संघको आइतवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई प्रराजित गरेकी हुन् ।

    जम्मा खसेको २०७६ मत मध्ये सापकोटाले १११२ मत प्राप्त गरिन् । धमलाले ९४८ मत प्राप्त गरे । यस्तै संघको महासचिवमा २५ वर्षिया रुविना शर्मासहित पुरै कार्यसमिति निर्विरोध भएको छ ।

    आदर्श नारी गृहको संस्थापक अध्यक्ष समेत रहेकी सापकोटा बिद्यार्थी जीवन देखी नै सामाजिक तथा राजनीतिकमा सक्रिय थिइन् । उनी जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति हुन् ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा कासी दनई, लोकेन्द्र नेपाल ९पुष्प०, महिला उपाध्यक्षमा सावित्री गिरी, युवाउपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दीरा चाम्लिङ राई निर्विरोध भए ।

    यस्तै उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, संजयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्षमा डा। राजु श्रीवास्तव, महिला संयोजकमा शारदा घिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ्ग, युवासंयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ्ग, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा ९लक्ष्मी० निर्विरोध भए ।

    यस्तै कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचत भएका छन् ।

    गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेसनको तयारीको लागि जुलाई महिनाभित्र संघका सबै राष्ट्रिय समितिहरुमा अनिवार्य निर्वाचन गर्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।

    यसैसिलसिलामा आइतवार एनआरएनए चेक गणतन्त्रको अध्यक्षमा वैकुण्ठ रायमाझी सहित नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । यस्तै एनआरएनए बहराईनमा राजु कुमार श्रेष्ठ र एनआरएनए साउदी अरबमा रविना अर्याल निर्विरोध निर्वाचत भएकी छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend