२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरूका लागि लगानीकर्ता चेतना र अन्तर्क्रिया कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • बुधबार, पुस २ २०८२
  • 3.8K
    SHARES

  • images
    एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरूका लागि लगानीकर्ता चेतना र अन्तर्क्रिया कार्यक्रम सम्पन्न

    काठमाडौँ। एनएमबि क्यापिटलले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता पहलअन्तर्गत टङ्गाल उच्च माध्यामिक विद्यालय, टङ्गाल, काठमाडौँ र पोष्ट बहादुर बोगटी पोलिटेकिनक इन्सिटच्यूट, विदुर, नुवाकोटका विद्यार्थीहरूका लागि लगानीकर्ता चेतना र अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मङ्सिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरूलाई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।

    सोही दिन टङ्गाल, काठमाडौँमा अवस्थित टङ्गाल उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूलार्ई पनि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यकममा विशेषतः विद्यार्थीहरूको सहभागिता रहेको थियो । कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले संयुक्त रूपमा नुवाकोटको कार्यक्रम सञ्चालन गरेका थिए भने स्किम सहायकहरू – लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रूपमा टङ्गालको कार्यक्रम सञ्चालन गरेका थिए ।

    सहभागीहरूलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरूबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरूबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend