२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने


सञ्चार डबली
  • मंगलबार, पुस १ २०८२
  • 4.1K
    SHARES

  • images
    एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

    काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।

    बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा 'ट्र्याकिङ नम्बर' प्राप्त गर्नेछन्। सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ (Digital Banking) खण्डमा गएर र अनलाइन कर्जा ट्र्याकिङ (Online Loan Tracker) चयन गरी वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्नेछन् ।

    यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैंकले बिश्वास लिएको छ ।

    एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend