२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कर्मचारीमाथि आक्रमणपछि ज्योति विकास बैंकको गम्भीर ध्यानाकर्षण, कारबाहीका कानुनी प्रक्रिया अघि बढाइयो


सञ्चार डबली
  • मंगलबार, पुस १ २०८२
  • 4.6K
    SHARES

  • images
    कर्मचारीमाथि आक्रमणपछि ज्योति विकास बैंकको गम्भीर ध्यानाकर्षण, कारबाहीका कानुनी प्रक्रिया अघि बढाइयो

    काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीमाथि भएको गम्भीर आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा टेलिफोनमार्फत पूर्व सहमतिअनुसार संवाद गर्न बैंकको क्षेत्रीय कार्यालय बर्दिबासबाट दुई जना कर्मचारी ऋणीको फर्ममा पुगेका थिए।

    सो क्रममा फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बैंकको दाबी छ।

    घण्टौँसम्म कर्मचारीहरूलाई आफ्नो नियन्त्रणमा राखी बहालवाला उपमेयरसमेतको संलग्नतामा उक्त घटना भएको जनाउँदै बैंकले यसलाई अत्यन्तै खेदजनक र निन्दनीय भनेको छ। 

    बैंकका अनुसार धितो लिलामी स्थगनसम्बन्धी निर्णय तत्काल केन्द्रीय कार्यालयबाट लिखित रूपमा उपलब्ध नगराएमा ज्यान लिने धम्कीसमेत दिइएको थियो। सुरक्षा निकायबाट अपेक्षित सहयोग नपाएपछि बैंकलाई विकल्पविहीन अवस्थामा उक्त पत्र लेख्न बाध्य बनाइएको पनि बैंकले जनाएको छ।

    ज्योति विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट जारी नीति, निर्देशन तथा प्रचलित ऐन–नियमको पालना गर्दै बैंकिङ व्यवसाय सञ्चालन गर्दै आएको राष्ट्रियस्तरको विकास बैंक भएको उल्लेख गर्दै, सोही व्यावसायिक दायित्व पूरा गर्ने क्रममा कर्मचारीमाथि यस्तो घटना हुनु अत्यन्त दुर्भाग्यपूर्ण रहेको बैंकको भनाइ छ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विभिन्न अराजक र आपराधिक गतिविधिको निशानामा परिरहेको सन्दर्भमा आफ्ना कर्मचारीहरू पनि त्यस्ता आपराधिक समूहको सिकार बनेकोप्रति बैंकले गहिरो दुःख व्यक्त गरेको छ।  

    साथै, यस्ता आपराधिक कार्यहरूको घोर निन्दा र भत्र्सना गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकिएको जानकारी दिएको छ।

    भविष्यमा यस्ता आपराधिक मनसायबाट गरिने कार्यहरू विरुद्ध ज्योति विकास बैंक सधैँ कडा रूपमा उभिने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend