२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कृषि विकास बैंकको साधरण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


सञ्चार डबली
  • सोमबार, मंसिर २९ २०८२
  • 4.4K
    SHARES

  • images
    कृषि विकास बैंकको साधरण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८१/८२ सम्बन्धी १९औँ वार्षिक साधारण सभा मंसिर २९ गते भक्तपुरस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडेमा सम्पन्न भएको छ।

    सभामा सेयरधनीहरूलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर तथा करसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित नौ जना वक्ताहरूले आफ्नो धारणा व्यक्त गरेका थिए।

    सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष पौडेलले प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

    उक्त साधारण सभामा सेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विभिन्न निकाय, संघ–संस्था, बैंकका उच्च व्यवस्थापक, कर्मचारी तथा सञ्चालक समितिका सदस्यहरू—सेवन्तक पोखरेल, डा. हरीबहादुर केसी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाईँ, रीता सुवेदी—र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ सहभागी थिए। सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend