२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • सोमबार, मंसिर २९ २०८२
  • 4.2K
    SHARES

  • images
    स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आज काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो ३९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाको अध्यक्षता बैंकका अध्यक्ष वेणुगोपाल रंगनाथनले गरे।

    सभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्रस्तुत गर्दै बैंकले सो अवधिमा ४ अर्ब ७० करोड रुपैयाँ सञ्चालन नाफा र ३ अर्ब रुपैयाँ करपछिको नाफा आर्जन गरेको जानकारी दिइयो। बैंकको इक्विटीमा प्रतिफल १४.३ प्रतिशत र प्रतिसेयर आम्दानी ३० रुपैयाँ रहेको उल्लेख गरियो, जसले बैंकको स्थायित्व र वित्तीय सुदृढता झल्काउँछ।

    सभाले सञ्चालक समितिको सिफारिसअनुसार चुक्ता पुँजीमा १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्‍यो। पछिल्ला तीन वर्षदेखि निरन्तर रूपमा स्थिर नगद लाभांश वितरण गर्दै आएको बैंकको प्रतिबद्धता यस निर्णयले झनै मजबुत भएको बताइयो।

    अध्यक्ष रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै बैंक नेपालकै एकमात्र अन्तर्राष्ट्रिय बैंकका रूपमा व्यापार तथा समृद्धि प्रवर्द्धनमा समर्पित रहेको बताए। उनले असार अन्त्य २०८२ सम्मका लागि १९ प्रतिशत नगद लाभांश सिफारिस गरिएको जानकारी पनि दोहोर्‍याए।

    हाल स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको स्वामित्वमा ७०.२१ प्रतिशत सेयर रहेको छ भने २९.७९ प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा छ। बैंकले नेपालमा आर्थिक वृद्धि प्रवर्द्धन गर्दै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend