२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

विदेश भ्रमणमा बैंकका शीर्ष पदाधिकारीहरूलाई कडाई, सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने


सञ्चार डबली
  • सोमबार, मंसिर २९ २०८२
  • 2.3K
    SHARES

  • images
    विदेश भ्रमणमा बैंकका शीर्ष पदाधिकारीहरूलाई कडाई, सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको विदेश भ्रमणमा कडाई गर्ने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै अब विदेश भ्रमण गर्नुअघि अनिवार्य रूपमा सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने व्यवस्था गरेको हो।

    नयाँ प्रावधानअनुसार अध्यक्ष, सञ्चालक सदस्य तथा सीईओले प्रत्येक पटक विदेश भ्रमण गर्दा सञ्चालक समितिको अनुमोदन आवश्यक हुनेछ। यसअघि भने यस्तो स्पष्ट व्यवस्था थिएन।

    पहिलेको प्रावधानअनुसार सम्बन्धित संस्थाले विदेश भ्रमणलाई व्यवस्थित बनाउन कार्यविधि तयार गरी लागू गर्नुपर्ने मात्र व्यवस्था थियो। उक्त कार्यविधिमा अन्य आवश्यक विषयहरूसहित केही आधारभूत प्रावधान राख्नुपर्ने भनिएको थियो।

    संशोधित निर्देशनले भ्रमणको उद्देश्य, उपयोगिता लगायतका पक्षमा पनि सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने व्यवस्था स्पष्ट रूपमा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend