२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रश्मीको फरार घटनाबारे अनुसन्धान, भगाइएको आशंका


सञ्चार डबली
  • सोमबार, मंसिर २९ २०८२
  • 3.1K
    SHARES

  • images
    रश्मीको फरार घटनाबारे अनुसन्धान, भगाइएको आशंका

    काठमाण्डौ । प्रभू बैंक लिमीटेडकी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त आइतबारदेखि फरार भएकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोली उनीविरुद्ध पक्राउ पुर्जी लिएर दिउँसो बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालय पुगेको थियो। तर, प्रहरी प्रवेश गर्नुअघि नै सूचना पाएपछि पन्त कार्यालय परिसरमै हराएकी थिइन्।

    प्रहरीले दिनभर बैंकका विभिन्न कोठा तथा परिसरमा खोजी गर्दै सीसीटीभी फुटेज समेत परीक्षण गर्‍यो, तर उनी फेला परिनन्। साँझसम्म खोजी जारी रहे पनि राति १ बजेसम्म पनि पन्तलाई भेट्न नसकिएको प्रहरीले जनाएको छ।

    सीआईबी टोली रित्तै हात फर्किए पनि खोजी अभियान जारी रहेको छ। पन्त सम्भावित स्थानहरूमा खोजी भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।

    यसअघि, सीईओ तथा डीसीईओ पक्राउपछि पन्त केही दिन कार्यालयबाट टाढा रहेकी थिइन्। भाइको विवाहको बहानामा कञ्चनपुर पुगेकी उनी १० दिनपछि मात्र काममा फर्किएकी थिइन्। त्यसको केही दिनमै सीआईबीले उनलाई पक्राउ गर्न खोज्दा उनले चक्मा दिँदै भाग्न सफल भएकी थिइन्।

    आइतबारदेखि सम्पर्कविहीन भएकी पन्त सोमबारदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। बैंकका केही अधिकारीहरूले भने सीआईबीले चाहँदा केही दिनअघि नै उनलाई नियन्त्रणमा लिन सक्ने अवस्था रहेको तर आइतबार मात्र प्रयास गरेको देखेर कतै जानाजान भगाइएको त होइन भन्ने आशंका व्यक्त गरेका छन्।

    बैंकिङ कसूर तथा किर्ते गरी बैंकलाई करोडौं नोक्सानी पुर्याएको आरोपमा प्रहरीले मंसिर १४ गते प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको थियो। केही दिनअघि अर्को उच्च अधिकारी पनि नियन्त्रणमा लिइएको थियो। त्यसपछि पन्तको पालो आएको भए पनि उनी फरार भएकी हुन्।

    बैंकभित्र शेरचन समूहले निलम्बनमा रहेरै भावी नेतृत्वमा पन्तलाई अघि सार्ने खेल चलाइरहेको दाबी कतिपय कर्मचारीहरूले गरेका छन्। शेरचनले नै पन्तलाई तयार पारेको र उनी सीईओ बनेमा मिलेमतोमा भएका घोटालाका फाइलहरूको व्यवस्थापन गर्ने योजना रहेको समेत आरोप लगाइएको छ। यही कारणले पन्तलाई योजनाबद्ध ढंगले भगाइएको हुन सक्ने आशंका पनि व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend