काठमाडौं। वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वटामध्ये १३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकले स्थिर राखेका छन्। यस अवधिमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ, जुन मंसिर महिनामा ५.०४ प्रतिशत थियो।
बैंक अनुसार ब्याजदर स्थिति
-
एनआईसी एशिया बैंक – व्यक्तिगत ५% र संस्थागत ४% (स्थिर)
-
नेपाल बैंक – व्यक्तिगत ५.१% (पहिले ५.२५%), संस्थागत ३.२५% (स्थिर)
-
प्रभु बैंक – व्यक्तिगत ४.५५% (पहिले ४.९५%), संस्थागत २.७५% (स्थिर)
-
एभरेष्ट बैंक – व्यक्तिगत ४.७५%, संस्थागत ४% (स्थिर)
-
सिटिजन्स बैंक – व्यक्तिगत ४.७५%, संस्थागत ३% (स्थिर)
-
राष्ट्रिय वाणिज्य बैंक – व्यक्तिगत ५% (पहिले ५.५%), संस्थागत ४% (स्थिर)
-
सानिमा बैंक – व्यक्तिगत ४.७५% (पहिले ५%), संस्थागत ३.३% (स्थिर)
-
प्राइम कमर्सियल बैंक – व्यक्तिगत ४.२५% (पहिले ४.७५%), संस्थागत २.७५% (स्थिर)
-
नेपाल एसबीआई बैंक – व्यक्तिगत ४.५५% (पहिले ४.८%), संस्थागत २.८% (पहिले ३.८%)
-
ग्लोबल आइएमई बैंक – व्यक्तिगत ५.५% (पहिले ६%), संस्थागत ३.७५% (पहिले ४.२५%)
-
सिद्धार्थ बैंक – व्यक्तिगत ५%, संस्थागत ४% (स्थिर)
-
एनएमबी बैंक – व्यक्तिगत ५%, संस्थागत ४% (स्थिर)
-
हिमालयन बैंक – व्यक्तिगत ५.५%, संस्थागत ४.२५% (स्थिर)
-
कृषि विकास बैंक – व्यक्तिगत ४.५५% (पहिले ४.९५%), संस्थागत २.७५% (स्थिर)
-
माछापुच्छ्रे बैंक – व्यक्तिगत ५%, संस्थागत ३% (स्थिर)
-
कुमारी बैंक – व्यक्तिगत ४.५३% (पहिले ४.९१%), संस्थागत ३.५% (पहिले ४.०१%)
-
स्ट्याण्डर्ड चार्टर्ड बैंक – व्यक्तिगत ४.६% (पहिले ४.७%), संस्थागत २.७५% (स्थिर)
-
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – व्यक्तिगत ५%, संस्थागत ४% (स्थिर)
-
लक्ष्मी सनराइज बैंक – व्यक्तिगत ४.७५% (पहिले ५%), संस्थागत ३.५% (पहिले ४%)
-
नबिल बैंक – व्यक्तिगत ४.५५% (पहिले ४.७५%), संस्थागत ३.५५% (पहिले ३.७५%)


