२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र कुटपिट


सञ्चार डबली
  • आइतबार, मंसिर २८ २०८२
  • 4.3K
    SHARES

  • images
    ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र कुटपिट

    काठमाडौँ । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरू ऋणसम्बन्धी कामका लागि फिल्डमा जाँदा गम्भीर दुर्व्यवहारको शिकार भएका छन्। कर्जा असुलीका क्रममा पुगेका बैंकका प्रतिनिधिमाथि कालोमोसो दल्ने, कुटपिट गर्ने र गालीगलौज गर्ने घटना भएको बैंकले जनाएको छ।

    बैंकका अनुसार, घटना मंसिर २५ गते भएको हो। लामो समयदेखि कर्जाको किस्ता नियमित नहुँदा समाधान खोज्ने उद्देश्यले ऋणी पक्षसँग छलफल गर्न पुगेका कर्मचारीमाथि आक्रमण गरिएको हो।

    प्रारम्भिक जानकारीअनुसार, घटनामा संलग्न व्यक्तिहरू ऋणी, उनका आफन्त तथा कर्जाका ग्यारेन्टर रहेको बैंकले जनाएको छ। कर्मचारीमाथि भएको यस्तो अवाञ्छित व्यवहारबारे नेपाल राष्ट्र बैंकलाई औपचारिक रूपमा जानकारी गराइसकिएको पनि बैंक स्रोतले बताएको छ।

    उक्त घटनाको दिनै दुर्गा प्रसाईंको बैंकविरोधी अभियानसँग जोडिएका एक नेताले सामाजिक सञ्जालमार्फत यसबारे टिप्पणी गरेका थिए। नागरिक बचाउ अभियानका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक देवी संग्रौलाले मंसिर २५ गते बिहानै फेसबुकमा घटनाबारे लेखेका थिए।

    693eb714af247.png

    हालका दिनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी फिल्डमा खटिँदा यस्ता दुर्व्यवहारका घटना बढ्दै गएकोप्रति सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। ऋण असुली वा छलफलका लागि पुगेका कर्मचारीमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासनले प्रभावकारी रूपमा कारबाही गर्न नसकेको बैंकरहरूको गुनासो छ। त्यस्तै, यस्ता घटनामा केन्द्रीय बैंकले गृह मन्त्रालयमा पर्याप्त दवाब सिर्जना गर्न नसकेको भन्दै बैंकरहरू असन्तुष्ट देखिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend