२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मोबाइलको लोकेशन बैंकभित्रै देखिए पनि रश्मी पन्त बेपत्ता: सीसीटीभीमा बाहिरिएको कुनै प्रमाण छैन


सञ्चार डबली
  • आइतबार, मंसिर २८ २०८२
  • 4.6K
    SHARES

  • images
    मोबाइलको लोकेशन बैंकभित्रै देखिए पनि रश्मी पन्त बेपत्ता: सीसीटीभीमा बाहिरिएको कुनै प्रमाण छैन

    काठमाडौँ । आइतबार दिउँसोदेखि प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्तलाई पक्राउ गर्न प्रभू बैंकको मुख्यालय पुगेको प्रहरी टोलीले साँझ ७ बजेसम्म पनि उनलाई फेला पार्न सकेको छैन।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली बैंकको छैटौँ तलामा पुग्नुअघि नै पन्तलाई जानकारी लिक भइसकेको अनुमान गरिएको छ। त्यसपछि उनी हतार–हतार बैंकभित्रकै कुनै अज्ञात स्थानमा लुकेकी रहेको बताइन्छ। दिउँसोदेखि लगातार खोजी गर्दा पनि प्रहरीले उनलाई भेट्टाउन सकेको छैन।

    एक प्रहरी अधिकारीका अनुसार, “मोबाइलको लोकेशन बैंकभित्रै देखिन्छ। बैंकबाट बाहिर निस्किने सबै सीसीटीभी फुटेज हेर्दा पनि उनी कतै निस्किएको देखिँदैन। कार्यकक्षको ढोका बन्द छ, तर अहिलेसम्म फेला पार्न सकेका छैनौँ।” प्रहरीले केहीबेरअघि मात्र बैंक परिसर छाडेको जनाएको छ।

    प्रहरीसँगै बैंकका कामु सीईओ निरज लम्सालसहित उच्चपदस्थ कर्मचारीहरू पनि भवनबाट बाहिरिएका छन्। तर आइटी तथा अन्य अत्यावश्यक विभागका कर्मचारीहरू राति १२ बजेसम्म बस्ने व्यवस्था गरिएको छ।

    सीबीओ पन्त बैंकभित्रै अचानक बेपत्ता भएको घटनाले कर्मचारीहरू समेत आश्चर्यचकित बनेका छन्। एक कर्मचारीले भने, “कसैलाई थाहा नहुने गोप्य स्थान पहिल्यै बनाइएको थियो कि भन्ने शंका लाग्छ। नभए मान्छे भवनभित्रै कसरी एकाएक गायब हुन्छ?”

    सीईओ, डीसीईओलगायत चार उच्चपदस्थ अधिकारी पक्राउ परेपछि अब सीबीओलाई पक्राउ गर्न प्रहरी पुगेको घटनाले बैंकका कर्मचारीहरूमा त्रास बढेको छ। उनीहरूका अनुसार, “काम गर्ने मनोबल नै घटेको छ। कहिले कसलाई पक्राउ गरिन्छ भन्ने अनिश्चिततामा काम गर्नुपरेको छ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend