२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ऋणीको धितो कम मूल्यमा बेच्नु भ्रष्टाचार हुने गभर्नरको अभिव्यक्तिपछि बैंकका कर्मचारीमाथि दुर्व्यवहार


सञ्चार डबली
  • आइतबार, मंसिर २८ २०८२
  • 3.8K
    SHARES

  • images
    ऋणीको धितो कम मूल्यमा बेच्नु भ्रष्टाचार हुने गभर्नरको अभिव्यक्तिपछि बैंकका कर्मचारीमाथि दुर्व्यवहार

    काठमाडौं। आइतबार सप्तरीको रुपनी शाखाका कार्यरत ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट गरी कालोमोसोपछि जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको छ।

    ऋण असुल्न गएका केही कर्मचारीमाथि स्थानीयबासीले अपमान गरी कालोमोसोसहित जुत्ताको माला लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटना मंसिर २५ गतेको भए पनि केही दिनपछि मात्रै सूचना बाहिरिएको हो।

    कर्मचारीमाथि दुर्व्यवहार भएसँगै ज्योति विकास बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकलाई घटनाबारे जानकारी गराएको छ।

    तर, नियामक निकाय राष्ट्र बैंककै गर्भनर विश्वनाथ पौडेलले मंसिर २१ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकहरूले धितो राखेर कर्जा दिँदै निजी क्षेत्रमाथि भएको भ्रष्टाचार भन्दै अभिव्यक्ति दिएका थिए।

    'मानिसहरू धितो राखेर कर्जा लिन्छन्। बैंकहरूले त्यो कम मूल्यमा बेच्छन्। यो निजी क्षेत्रको भ्रष्टाचार हो,' उनले भनेका थिए, 'सरकारी बैंकहरूबाट कर्जा दिलाइदिन्छु भनेर पैसा लिने अवस्थामा सरकारी निकायले कारबाही गर्छ। निजी क्षेत्रमा यस्तो गरे हामी गम्भिर रूपमा लिन्छौँ।'

    यस क्रममा उनले यस्ता घटना मधेस प्रदेशमा बढी हुने गरेको बताउँदै बिचयौलियाका गतिविधि रोक्न शाखा प्रबन्धकलाई अनुगमनको निर्देशन दिएका थिए।

    बैंकहरू कर्जा प्रदान गर्दा धितोको मूल्यांकन गर्छन्। ऋणीले निर्धारित समयमा कर्जा चुक्ता नगरे, बैंकले सो धितो लिलाम गरी आफ्नो ऋणास्त्व उसुल गर्छ। यो अधिकार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया), राष्ट्र बैंक ऐन २०५८ तथा नियामकद्वारा जारी एकीकृत निर्देशनमा स्पष्ट छ।

    गभर्नरको यस्तो अभिव्यक्ति आएको केही दिनपछि गत २५ गते सप्तरीमा सोही प्रकृतिको घटना भएको हो। जसले आगामी दिनमा बैंकमाथि ऋणीबाट थप जोखिम बढ्न सक्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend