२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घोराही सिमेन्टको आइपीओ आइतबार बाँडफाँट


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 10.1K
    SHARES

  • images
    घोराही सिमेन्टको आइपीओ आइतबार बाँडफाँट

     

    काठमाडौ, ३१ असार । घोराही सिमेन्टको आइपीओ आइतबार बाँडफाँट भएको छ । यसमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरुलाई सेयर दिइएको छ । यसमध्ये १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँट गरिएको छ । यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर पाएका छन् ।

    यसरी बाँडफाँट गरी बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत बाँडफाँड गरिएको छ । जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ । उनिहरुको भागमा ८० कित्तासम्म सेयर परेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो ।

    फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएर असार २५ गते बिक्री बन्द भएको थियो । लगानीकर्ताले आइपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल तथा निष्कासनकर्ता कम्पनी घोराही सिमेन्टको वेबसाइटबाट हेर्न सक्नेछन् । यस्तै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend