२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्दै


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 11.3K
    SHARES

  • images
    नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्दै

     

    काठमाडौ, ३१ असार । नेपाल एसबीआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड९सेबोन०ले नेपाल एसबीआई बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको हो। यो बैंकले अब ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने छ।

    बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्ने छ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

    नेपाल एसबीआई बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। नेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend