काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ४ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले १९ अर्ब ३७ करोड ५४ लाख बराबरको खुद नाफा कमाएका छन्।
यस चार महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंकमा ग्लोबल आईएमई रहेको छ। धेरै नाफा कमाउनेको दोस्रोमा नबिल बैंक रहेको छ। ग्लोबल आईएमई २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी नबिल बैंकले कात्तिकसम्ममा २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ।
प्राइम कमर्सियल बैंकले १ अर्ब ५८ करोड ६० लाख, एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख, एनएमबी बैंकले १ अर्ब २७ करोड ५७ लाख, कुमारी बैंकले १ अर्ब १८ करोड २ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ।
साथै, चालु आर्थिक वर्षको पहिलो चार महिनामा सानिमाले ७७ करोड ९२ लाख, प्रभुले ७३ करोड ७७ लाख, नेपाल एसबीआईले ६७ करोड २० लाख, सिद्धार्थले ६६ करोड २७ लाख, कृषि विकास बैंकले ७ करोड ४९ लाख, एनआइसी एशिया बैंकले ३ करोड ४३ लाख रूपैयाँ, सिटिजन्स बैंकले १ करोड ६४ लाख स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ९ लाख, लक्ष्मी सनराइजले ६२ करोड ८१ लाख र माछापुच्छ्रेले ६० करोड ९९ लाख, नाफा आर्जन गरेको छ ।


