२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१२.१६ अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 9.4K
    SHARES

  • images
    १२.१६ अंकले बढ्यो नेप्से सूचक

     

    काठमाडौ, ३१ असार । चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ । नेप्से सूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा आएको छ । २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यस दिन विशेषगरी म्युचुअल फन्ड र डिबेञ्चरहरुको भाउ धेरै बढेको छ । ४ वटा कम्पनी तथा फन्डहरु सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । सूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने अलि सुस्त देखिएको छ ।

    अन्तिम दिन लगानीकर्तालाई बैंकलाई साँवा–ब्याजको कित्ता बुझाउने तथा अन्य प्रकारका करहरु तिर्ने चटारो हुन्छ । यस्तै, कम्पनी तथा संस्थागत लगानीकर्ता पनि यही काममा केन्द्रित भएका हुन्छ ।

    यस दिन २८६ कम्पनीको ७१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । १९ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जी परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend