२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कृषि कार्यालयका कर्मचारीले किसानको होइन पार्टीको काम गर्छन् : सांसद शाही


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 8.4K
    SHARES

  • images
    कृषि कार्यालयका कर्मचारीले किसानको होइन पार्टीको काम गर्छन् : सांसद शाही


    काठमाडौ, ३१ असार । कृषि कार्यालयका कर्मचारीले किसानका काम नगरी दलको निर्देशनमा काम गर्ने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीको भनाई छ । आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दे उनले जिल्ला जिल्लामा भएका कृषि कार्यालय पार्टीको काम गर्ने गरेको जिकिर गरेका हुँन् ।

    सांसद शाही भने ‘जिल्ला जिल्लामा कृषि कार्यालय छन् । ती कृषि कार्यालयले कृषिको काम गर्दैनन् । पार्टीको काम गर्छन । मेरो जुम्लामा त कतिसम्म छ भने अस्ति चार पाँच वटा स्याउका बुटा लगाएको १७ लाख भन्दाबढी सरकारबाट राहत पाएको छ । यहीबाट राहत मिलाएर लगिन्छ । ’

    त्यस्तै सहकारी पीडितका समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै उनले आपत्ति जनाएका छन् । सहकारीहरुले जनताको पैसा लुटेको उनको आरोप छ । ‘जनताको पैसा उठायो । सहकारीमा राख्यो । लुट्यो । कति आनन्द हेर्नुस् त । तिनिहरुलाई कारवाही गर्ने कि नगर्ने ?’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend