२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनको मूल्यमा सामान्य गिरावट


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 22.5K
    SHARES

  • images
    सुनको मूल्यमा सामान्य गिरावट

     

    काठमाडौ, ३१ असार । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअुनसार गत साताको शुक्रबारको तुलनामा आइतबार मूल्य घटेर सुन कारोबार भइरहेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम थियो । जुन, आइतबार तोलामा ३०० रुपैयाँको गिरावटपछि कारोबारमा आएको हो ।

    महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।
    यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend