२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि सिटिजन्स लाइफको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 8.2K
    SHARES

  • images
    आजदेखि सिटिजन्स लाइफको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला

     

    काठमाडौ,  ३१ असार । सिटिजन्स लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

    यसको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो । 

    वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

     सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आईपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend