२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आइएमई लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 8.0K
    SHARES

  • images
    आइएमई लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

     

    काठमाडौ, ३१ असार । आइएमई लाइफ इन्सुरेन्सको आइपीओ शनिबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । यो आइपीओमा कुल ११ लाख ९५ हजार ९३२ जनाले आवेदन दिएकामा ११ लाख ८८ हजार ९९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ ।

    कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले सर्वसाधारणलाई कुल ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले कुल १ करोड २० लाख कित्तामध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई यसअघि नै बाँडफाँट गरिसकेको छ ।त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।

    लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, आइएमई लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend