२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्टले दिए उम्मेदवारी


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 8.7K
    SHARES

  • images
    एनआरएनए कतारको अध्यक्षमा रमेश भट्टले दिए उम्मेदवारी

     

    काठमाडौं, ३१ असार ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन ।

    विगत दुई दशक देखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहेका एनआरएनए मध्यपुर्वका डिआरसी भट्टले कतारमा रहेका धेरै नेपाली संघ सँस्थाहरुको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन ।

    उनलाई जनप्रगतीशिल मंच कतार,जनसंपर्क समिती कतार,प्रवासी नेपाली मंच कतार,जनजाती महासंघ कतारलगाएत सँस्थाले संयुक्त उम्मेदवारको रुपमा सार्वजनिक गरेका हुन । कतारमा रहेका ठुला सबै संघ सँस्थाको समर्थन पाएपछि एनआरएनए कतारको अध्यक्षमा भट्टको पल्ला भारी देखिएको छ ।

    एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरुको साथ सहयोगको लागी भट्टले अनुरोध गरेका छन । कतारको सामाजिक धेरै संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने ऊद्देश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा भट्टले शनिवार उम्मेदवारी घोषणा गरेका हुन ।

    उम्मेदवारी घोषणा गर्दै भट्टले सबै कतारवासी नेपालीहरुलाई साथ,सहयोग र सहकार्यका लागी अनुरोध समेत गरेका छन । एनआरएनए कतारको अध्यक्षका उम्मेदवार भट्टले शनिवार आफ्नो प्रतिबद्दता पत्र सहित उम्मेदवारी घोषणा गरेका छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend