२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 8.5K
    SHARES

  • images
    एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

     

    काठमाडौं, ३१ असार । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन । सचिवालय बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय गरेको छ । बैठकले विभिन्न समसामयिक ६ वटा प्रस्ताव पारित गरेको छ ।

    जसअनुसार कोशी प्रदेशको सरकार गठनमा सभामुख सामेल भएको भन्दै त्यो अवैधानिक भएकाले संविधानसम्मत नयाँ सरकार गठन गर्नुपर्ने, लम्पी स्किन रोग महामारीका रुपमा फैलँदा समेत सरकारले त्यसको रोकथाममा उचित ध्यान नदिएको, मिटरब्याजी समस्या समाधानमा नयाँ विधेयक ल्याउनुपर्ने, विश्वविद्यालयमा सत्तापक्षका विद्यार्थीबाट भएका तालाबन्दी, तोडफोडको निन्दा र अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित जनजीवनलाई सामान्यमा बदल्न सरकारसँग माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend