२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु


सञ्चार डबली
  • मंगलबार, मंसिर १६ २०८२
  • 3.6K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु

    काठमाण्डौ – लक्ष्मी सनराइज बैंकले आफ्नो वार्षिक डिजिटल बैंकिङ प्रवर्द्धन अभियानको सातौं संस्करण #DigitalDecember2025 सुरु गरेको छ। यस वर्षको अभियान “इम्पावरिङ्ग एन्टरप्राइजेज” (Empowering Enterprises) नाराका साथ पूर्ण रूपमा उद्यमहरूलाई डिजिटल बनाउने लक्ष्यमा केन्द्रित छ।

    डिसेम्बर महिनाभर सञ्चालन हुने यो अभियानले देशभरका व्यवसायहरूलाई बैंकको डिजिटल प्लेटफर्मलाई कारोबारको मुख्य माध्यम बनाउन प्रोत्साहन गर्नेछ। विगतका वर्षहरूमा व्यक्तिगत ग्राहक-केन्द्रित रहेका अभियानहरूको सफलतापछि यसपटक उद्यम-केन्द्रित डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण फड्को मारिएको बैंकले जनाएको छ।

    #DigitalDecember2025 ले साना तथा मझौला उद्यम (SMEs), कर्पोरेट संस्था, खुद्रा तथा थोक विक्रेता, आईटी, वित्त, स्वास्थ्य, शिक्षा, आतिथ्यलगायत सबै क्षेत्रका व्यवसायलाई समेट्नेछ। अभियानको मुख्य उद्देश्य उच्च मूल्यका नगद र चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरण गर्नु, API तथा होस्ट-टू-होस्ट कनेक्टिभिटीमार्फत ग्राहकको आफ्नै प्रणालीबाट सिधै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नु र समग्र भुक्तानी प्रक्रियालाई सरल तथा सुरक्षित बनाउनु रहेको छ।

    यसअन्तर्गत बैंकले निम्न व्यवसायमैत्री डिजिटल सेवाहरूको जोडदार प्रवर्द्धन गर्दैछ:

    - इ-कमर्स व्यवसायका लागि भिसा/मास्टरकार्डमार्फत निर्बाध भुक्तानी प्राप्ति सुविधा  
    - कर्पोरेट कर्मचारीका लागि ON Card (भर्चुअल क्रेडिट कार्ड) र भिसा क्रेडिट कार्ड सुविधा  
    - व्यवस्थित व्यापारिक कारोबारका लागि CorporatePay र राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकृत सेवा  
    - रियल-टाइम भुक्तानी अलर्टसहितको लक्ष्मीवाणी (QR भ्वाइस बक्स)  

    अभियानमा सहभागी हुने उद्यमी तथा व्यवसायीहरूलाई डिसेम्बर महिनाभर विशेष अनबोर्डिङ सुविधा, आकर्षक छुट, प्राथमिकता प्राप्त सेवा र थप लाभहरू प्रदान गरिनेछ। यसले व्यवसायहरूको डिजिटल रूपान्तरण यात्रालाई थप प्रभावकारी र लाभदायी बनाउने बैंकको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend