२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपालको परिवर्तन गर्न पहिला शिक्षा क्षेत्रको परिवर्तन गर्न आवश्यक छ : सांसद पौडेल


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 7.3K
    SHARES

  • images
    नेपालको परिवर्तन गर्न पहिला शिक्षा क्षेत्रको परिवर्तन गर्न आवश्यक छ : सांसद पौडेल

     

    काठमाडौं, ३० असार । नेपालको परिवर्तन गर्न पहिला शिक्षा क्षेत्रको परिवर्तन गर्न आवश्यक भएको प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले बताएका छन् । आज परिवर्तन अभियान नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद पौडेलले नेपालको विकास र परिवर्तनका लागि शैक्षिक क्षेत्रको परिवर्तन तथा मानसिकतालाई परिवर्तन गर्न आवश्यक भएको उल्लेख गरेका छन् ।

    सांसद पौडेलले भने, ‘नेपाल परिवर्तन गर्नका निम्ति नेपालको शिक्षा र मानसिकता परिवर्तन गर्न जरुरी छ । नेपाल परिवर्तनका लागि नयाँ शैली र तरिकाबाट सुरुवात गर्न जरुरी छ ।’ उनले परिवर्तनको लागि युवाले गर्न सक्ने योगदानको चर्चा गर्दै विद्यार्थी वर्गबाट शिक्षामा परिवर्तनको लागि नेतृत्वदायी भूमिका निर्वाह हुनुपर्ने धारणा पनि राखे । पौडेलले जुनसुकै क्षेत्रको परिवर्तनको लागि पनि आजको पुस्ताको नेतृत्व ल्याउनुपर्ने आवश्यकता भएको बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend