२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अहिले आएका नयाँ पार्टीहरु लामो समयसम्म नटिक्ने अर्थमन्त्री महतको दावी


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 7.2K
    SHARES

  • images
    अहिले आएका नयाँ पार्टीहरु लामो समयसम्म नटिक्ने अर्थमन्त्री महतको दावी

    काठमाडौं, ३० असार । अहिले आएका नयाँ पार्टीहरु लामो समयसम्म नटिक्ने अर्थ मन्त्री प्रकाशशरण महतले बताएका छन् । आज काठमाडौंमा आयोजित तमु गुरुङ संघ नेपालको बागमती प्रदेश भेला सभामा अर्थमन्त्री महतले आफूहरु बर्षौ जेल परेर, पुलिसको लठ्ठी खाएर बिभिन्न समस्या झेलेर आएको भन्दै त्यस्तै समस्या नयाँ पार्टीहरुले भोग्नु परेमा धेरै समय नटिक्ने बताएका हुन् ।

    उनले भने,अहिले नयाँ प्रवृतिहरु यिनीहरुले गर्दैंनन्, हामी गर्छौं भन्दै आएको छ टिक्दैनन् ।हामी दुःखमा सुखमा १० वर्ष जेल पुलिसको लठ्ठी खाएर झरी बादल अप्ठ्यो सजिलो सहेर आएको हौं । यस्तौ समस्या नयाँ पार्टीहरुले भोग्नुपर्ने हो भने कति टिक्छन् यिनीहरु?’उनले नेपाली कांग्रेसले गरेको कामको अरुले पार्टीले आफुहरुले गरेको भन्दै तारिफ पाउँने गरेको भन्दै उनीहरुको पार्टीले पनि प्रचारमा ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

    उनले भने,‘नेपाली कांग्रेसले काम धेरै गर्ने तर प्रचार कम गर्ने गर्छ , तर अरु पार्टी काम नगर्ने तर प्रचार गर्न एक नम्बरमा छन् । हामी काम गर्ने प्रचार गर्ने, अरु सबैको घरमा प्रचार गर्नेकै कुरा जान्छ । त्यसैले यिनीहरुले पो गरेको रहेछन भन्ने लाग्छ, त्यसैले कांग्रेसले पनि प्रचार गर्न आवश्यक छ ।’

    उनले सामाजिक सञ्जालमा आफ्नै पार्टीको आलोचना नगर्न आग्रह गर्दै भने,‘हामीले सामाजिक सञ्जालमा पार्टीको र पार्टी नेतृत्वको कुरा जुन सुकै नेतृव्वको तहको कुरा वहस गर्ने होईन् सम्बन्धित संयन्त्रमा गर्ने ,छलफल गर्ने त्यसबाट जे निर्णय निस्कन्छ त्यो लिएर जनताको बीचमा जाने गर्नुपर्छ ।’अर्थमन्त्री महतले नेपालको पहिचान तमु विना पूर्ण हुन नसक्ने टिप्पणी गरे । उनले तमु गुरुङ संघ नेपालको बागमती प्रदेशीय भेलामा भएको सबैको सक्रियताले कांगे्रस बलियो हुने बिश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend