२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अनुहारमा दाग बोकेर ऐना पुछ्ने प्रवृतिले राजनीतिक समस्या बढेको छः कानूनमन्त्री गुरुङ


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 19.1K
    SHARES

  • images
    अनुहारमा दाग बोकेर ऐना पुछ्ने प्रवृतिले राजनीतिक समस्या बढेको छः कानूनमन्त्री गुरुङ

     

    काठमाडौं, ३० असार । अनुहारमा दाग बोकेर ऐना पुछ्ने प्रवृतिले राजनीतिक समस्या बढेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले टिप्पणी गरेका छन् । राष्ट्रिय स्तरमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा गैरसरकारी संस्थाको भविष्य विषयक अन्तरक्रिया कार्यक्रममा उनले, आफ्नो अनुहारमा लागेको दागलाई ऐनामा लागेको दाग भनेर ऐना पुस्ने प्रवृत्ति नेपाली राजनीतिमा बढ्दै गएको बताएका हुन् ।

    कानूनमन्त्री गुरुङले पञ्चायत हटेको ३३, ३४ वर्षसम्म हामीले के गर्यौ भनेर आफ्नो अनुहार एकपल्ट ऐनामा हेर्ने होकी भन्दै अनुहारमा लागेको दाग पुस्ने प्रयास मात्रै गर्ने हो भने नेपाली राजनीति सुध्रिने उनको भनाइ छ ।

    कानूनमन्त्री गुरुङले भने ‘हामीले पञ्चायत हटेपछि पनि ३३, ३४ वर्ष विताई सक्यौ तर त्यो बीचमा हामीले के गर्यौ आफ्नो अनुहार एकपल्ट ऐनामा हेर्ने होकी, त्यो अवधिमा आफ्नो अनुहारमा लागेका दागहरुलाई ऐनामा देखेपछि ऐना पुछ्ने होईन् आफ्नो अनुहारमा लागेको दाग पुछ्ने कोशिस मात्रै गर्ने हो भने नेपाली राजनीति सुध्रिन्छ । ऐना पुछ्ने तर आफ्नो अनुहारमा लागेको दाग नपुछ्ने प्रवृत्ति नेपाली राजनीतिमा हुर्किदैछ । ’

    प्रधानमन्त्रीलाई वीपीले एकपटक प्रधानमन्त्री भएर आफ्नो अस्तित्व स्थापना गरे जस्तै आफ्नो कार्यकालमा त्यस्तै काम गर्न आग्रह गर्दै सुशासन र स्थायीत्वको क्रममा सम्झौता गर्न नहुने कानूनमन्त्री गुरुङले बताएका छन् ।

    उनले भने, ‘यो तेस्रो पल्ट प्रधानमन्त्री हुनुभएको छ त्यो क्याविनेटमा म पनि छु अहिले तपाईले नेपाली राजनीतिमा आइरनम्यानको रुपमा जसरी वीपीको नाम सधैँ चलिरहेको छ त्यसै गरेर तपाईले पनि आफ्नो नाम रहिरहने गरेर काम गर्नको लागि सम्झौता गर्नु भएन् । सुशासनको क्रममा सम्झौता गर्नु हुदैँन् भनेर मैले भनेको छु । ’मन्त्री गुरुङले सुशासन स्थापित गर्ने र छाएको निराशालाई आशामा परिणत गर्ने पहिलो मिसन भएको भन्दै यदी राम्रो काम गर्दा पनि सरकार ढल्छ भने त्यसमा निराश हुन नपर्ने बताए ।

    उनले भने, ‘भ्रष्टाचारीको कुनै जात धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीतिक पार्टी र राष्ट्रियता हुदैँन् । आज राजनीतिक निराशा आएको छ किन भन्दा भ्रष्टाचारको कारणले हो । हामी सरकारमा भएको बेला प्रधानमन्त्रीसँग मिलेर सुशासन स्थापित गर्ने र छाएको निराशालाई आशामा परिणत गर्ने हाम्रो पहिलो मिसन हो । मैले प्रधामन्त्रीलाई के भनेको छु भने यति राम्रो काम गर्दा पनि सरकार ढल्छ भने ढलोस’।

    उनले पार्टी ठिक हुनुभन्दा पहिले पार्टीलाई नेतृत्व गर्ने नेता ठिक हुनु आवश्यक भएको भन्दै राजनीतिमा लागेकाहरुले आफ्ना लागि होईन्, देश र जनताका लागि काम गर्ने उद्देश्यका साथ अगाडि बढ्ने हो भने मात्रै देशको राजनीति अगाडि बढ्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend