२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 9.8K
    SHARES

  • images
    प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं, ३० असार । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा १ लाख ६८ हजार ३९९ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आउँदो आइतबाबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नु पर्नेछ । यस्तै, ४ लाख ११ हजार ४३९ कित्ता सेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक जो कोहीले शुक्रबारदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ । यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend