२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेसनल हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 10.0K
    SHARES

  • images
    नेसनल हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला

    काठमाडौं, ३० असार । शुक्रवारबाट नेसनल हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यस अनुसार नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ ।

    यस हकप्रद सेयरका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ । जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउने छन् । यस हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

    यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम अवस्थामा रहेको संकेत गर्दछ । मुक्तिनाथ क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ ।

    मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ ।धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend