२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 10.4K
    SHARES

  • images
    प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

     

    काठमाडौं, ३० असार । शुक्रबारबाट प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनी एक भएपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । यी कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले असार २६ गते र बिमा प्राधिकरणले जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

    यस्तै, कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । प्रभु लाइफको बोनस सेयर जारी पछि मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि यसले ९० करोड रुपैयाँ बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको छ ।

    यता, एकीकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले असार २९, ३० र ३१ गते २ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द भएका छन् । यी दुई कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend