२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 10.0K
    SHARES

  • images
    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं, ३० असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको  छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

    राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र  चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
     


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend