२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज शनिवार पनि बैंक तथा वित्तिय संस्था खुल्ने


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 12.0K
    SHARES

  • images
    आज शनिवार पनि बैंक तथा वित्तिय संस्था खुल्ने

    ३० असार २०८०, शनिबार  

    काठमाडौँ– बैंक तथा वित्तिय संस्थाहरू आज पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्व लगायतका विषयलाई ग्राहकहरुको आवश्यकतालाई मध्यनजर राख्दै शनिवार पनि बैंक तथा वित्तिय संस्था राखिने भएको हो । सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो ।

    अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज बैंक तथा वित्तिय संस्थाहरू खुला रहने भएका हुन् । चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । 

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend