२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकद्वारा सिन्धुलीको सरस्वती माविलाई १ लाख ५० हजार सहयोग


सञ्चार डबली
  • शुक्रबार, असार २९ २०८०
  • 9.6K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा सिन्धुलीको सरस्वती माविलाई १ लाख ५० हजार सहयोग

    २९ आषाढ २०८०
    एभरेष्ट बैंक लिमिटेडले सिन्धुलीको दुधौलीमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले शुक्रबार विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा खानेपानी व्यवस्थापनाका लागि उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ।

    साथै विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए। कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र सामाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।

    बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्। साथै देशैभरि छरिएर रहेको आफ्नो १२६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend