२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • शुक्रबार, असार २९ २०८०
  • 18.5K
    SHARES

  • images
    शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

    २९ असार २०८०, शुक्रबार  

    काठमाडौँ– नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ सामान्य बढेको छ।  सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

    शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # नेपाल सुनचाँदी व्यवसायी महासंघ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend