२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्दो बेरुजु समस्या समाधानका लागि आवश्यक कदम चाल्ने  : अर्थमन्त्री महत


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 8.9K
    SHARES

  • images
    बढ्दो बेरुजु समस्या समाधानका लागि आवश्यक कदम चाल्ने  : अर्थमन्त्री महत

     

    काठमाडौ, २८ असार । बढ्दो बेरुजु समस्या समाधानका लागि आवश्यक कदम चाल्ने अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको भनाई छ । आज राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ मन्त्री महतले अर्थमन्त्रालयमा मात्रै नभई अन्य मन्त्रालयमा पनि बेरुजुको समस्या रहेको बताएका छन् ।

    उनले भने ‘बेरुजु समग्रमा समस्याको रुपमा छ । अर्थमन्त्रालयमा मात्र हैन सबै तिर समस्या छ। यसलाई कम गर्नको लागि अनुशासन कायम गर्ने कुरामा अर्थमन्त्रालय जागरुकताका साथ लागेको छ । कतीपय अर्थमन्त्रालयसंग जोडिएको वेरुजुको कुरामा करदाताहरुले कतिपय अवस्थामा चित्त नबुझेर अदालत गएको कुराहरु र सम्बन्धित निकायहरुमा अनियन्त्रित रहेको कारणले गर्दा पनि यस्तो भएको छ । तर वेरुजु फरछयौटमा प्राथमिकतामा राखेका छौं । ’

    अर्थमन्त्रालयमा बेरुजुको चाङ रहेको भन्दै सो बारे राखेको चासोलाई सम्बोधन गर्दै मन्त्री महतले बरुजु कम गर्ने बताएका छन् ।प्रदेशको सिफारिसको आधारमै बजेट विनियोजन भएको दाबी गर्दै उनले अपेक्षा अनुसार बजेट विनियोजन गरिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend