२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आर्थिक संकटमा पाकिस्तान, आईएमएफले ३ अर्ब डलर ऋण दिने


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 10.0K
    SHARES

  • images
    आर्थिक संकटमा पाकिस्तान, आईएमएफले ३ अर्ब डलर ऋण दिने

     

    काठमाडौं, २८ असार । लामो समयपछि पाकिस्तानले राहत पाएको छ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ । आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको छ ।

    आईएमएफका एक अधिकारीले भने कि कार्यकारी बोर्डले पाकिस्तानलाई सहयोग गर्न एसडीआर २,२५० मिलियन (३ अर्ब अमेरिकी डलर) को लागि नौ महिनाको स्ट्यान्ड–बाय व्यवस्थालाई अनुमोदन गरेको छ। पाकिस्तानलाई आर्थिक संकटबाट बाहिर निकाल्न बेलआउट कार्यक्रम स्वीकृत गरिएको आईएमएफले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आईएमएफको स्वीकृतिले तत्कालै १.२ बिलियन अमेरिकी डलर निकासा गर्न अनुमति दिएको छ ।

    बाँकी रकम दुई त्रैमासिक समीक्षा पछि चरणबद्ध रूपमा वितरण गरिनेछ। आईएमएफको शर्त पूरा गर्न पाकिस्तानले साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर र युएईबाट १ अर्ब अमेरिकी डलर मागेको थियो ।

    प्रधानमन्त्री शहबाज शरीफले बेलआउट कार्यक्रममा खुसी व्यक्त गरे। शरीफले ट्वीट गर्दै भनेका छन् कि आएमएफ को कार्यकारी बोर्डले केहि समय अघि अमेरिकी डलरको स्ट्यान्ड–बाय सम्झौता स्वीकृत गरेको थियो। बेलआउट कार्यक्रम अर्थतन्त्रलाई स्थिर बनाउन सरकारको प्रयासको परिणाम हो। आईएमएफको सहयोगमा तत्काल र मध्यकालीन आर्थिक चुनौतीहरू पार गर्न सकिन्छ। यसले पाकिस्तानको आर्थिक अवस्था मजबुत हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend