२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

काठमाडौंका मेयर शाहलाई साथ दिने धरानका मेयर हर्क साम्पाहाङको प्रतिबद्धता


सञ्चार डबली
  • सोमबार, असार २५ २०८०
  • 9.4K
    SHARES

  • images
    काठमाडौंका मेयर शाहलाई साथ दिने धरानका मेयर हर्क साम्पाहाङको प्रतिबद्धता


    काठमाडौं, २५ असार । धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन । 
     
    मेयर शाहले अदालतले आफुलाई अपराधी बनाएको भन्दै आइतवार साँझ ट्विट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुँन् । 

     काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए, 
    ‘आज एउटा विशेस दिन,
    आजबाट म तारिखमा छु,
    भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,
    प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
    म आजबाट अपराधी ।’

     त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिँदै लेखे, 
    ‘नडराउनुस् नबिराउनुस्
    हजुरको साथमा म छु, हामी छौं ।’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend