२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस वर्ष दशैंको लागि किन खुलेन अग्रिम टिकट बुकिङ ? अनलाइन बुकिङ र पर्याप्त सवारीको व्यवस्था 


सञ्चार डबली
  • बिहीबार , असोज २ २०८२
  • 10.1K
    SHARES

  • images
    यस वर्ष दशैंको लागि किन खुलेन अग्रिम टिकट बुकिङ ? अनलाइन बुकिङ र पर्याप्त सवारीको व्यवस्था 

    काठमाडौं । यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । काठमाण्डौको मीन भवनमा रहेको यातायात व्यवस्था विभागको कार्यालयमा आज बसेको सम्बद्ध सबै पक्षको बैठकले मानिसहरू घर जाने क्रम भइसकेकाले दशैँका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।

    जेन–जी को आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा भएपछि विद्यार्थीहरू घर जाने क्रम शुरू भइसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैँका लागि घर जानेहरूले ३–४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि बताए ।

    यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा मानिसहरूलाई सहज ढङ्गले गन्तव्यमा पुर्‍याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए ।

    बैठकमा जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्त रजौरेले दशैँमा यात्रुलाई गन्तव्यमा पुर्‍याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए । उनले दशैँमा यात्रुलाई ठग्नेहरूमाथि कारबाही हुने चेतावनी पनि दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend