२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दशैंमा भायानेटको आकर्षक अफरः इन्टरनेट जडान र रिन्युमा छुट र उपहार


सञ्चार डबली
  • बिहीबार , असोज २ २०८२
  • 5.5K
    SHARES

  • images
    दशैंमा भायानेटको आकर्षक अफरः इन्टरनेट जडान र रिन्युमा छुट र उपहार

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैं पर्वलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।दशैंमा हरेक वर्ष विशेष योजना ल्याउँदै आएको भायानेटले यसपटक अझै आकर्षक छुट र उपहारहरू उपलब्ध गराउने जनाएको छ।

    यस अफर अन्तर्गत भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेट नवीकरण गर्ने ग्राहकहरूले विभिन्न छुट र उपहार पाउनेछन्। ३ हजार पर्ने मेस राउटर ५०० छुटसहित २५ सयमा उपलब्ध हुनेछ। त्यस्तै १० हजार ७४९ पर्ने डुअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित ८ हजार २९९ मा पाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ मा किन्न सकिनेछ।

    त्यसैगरी, ८ हजार ४०० भन्दा बढी रकम इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकहरूले PromoCode VIA300 प्रयोग गरी ३०० क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले “Spin the Wheel” कार्यक्रममा भाग लिएर १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट सेवा जित्ने अवसर पनि पाउनेछन्।

    भायानेटले दशैंमा ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै ल्याएको यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend