२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, असोज १ २०८२
  • 5.5K
    SHARES

  • images
    कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

     

     काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक ससेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी (समूह क) को नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

    उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरुबाट कुनै पनि लिखित आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

    सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। यस्तो आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र दिनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend