२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

स्थगित आईपीओ असोज ७ देखि निष्कासन गर्दै एसवाई प्यानल लिमिटेड


सञ्चार डबली
  • बुधबार, असोज १ २०८२
  • 6.9K
    SHARES

  • images
    स्थगित आईपीओ असोज ७ देखि निष्कासन गर्दै एसवाई प्यानल लिमिटेड

     काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ ।

    कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा जारी गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर जारी गर्न अनुमति दिएको थियो ।

    प्रथम चरणपछि कम्पनीले दोस्रो चरणअन्तर्गत ४० लाख ७६ हजार १५६ कित्ता शेयर आम सर्वसाधारणका लागि पनि जारी गर्ने जनाएको छ । उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले बहन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend